भक्तपुरको सूर्यविनायकमा मृत भेटिए युवक

भक्तपुरमा एक युवक मृतावस्थामा फेला परेका छन्। शुक्रबार बिहान ५:३९ बजे सूर्यविनायक नगरपालिका-१०, चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडकखण्डमा एक युवकको शव भेटिएको हो।

जिल्ला प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ घर भई हाल काभ्रेपलान्चोकको बनेपा नगरपालिका-१३, नयाँबस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारती मृत भेटिएका हुन्।

घोप्टो परेको अवस्थामा उनको शव भेटिएको र प्रहरी वृत्त जगातीबाट खटिएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थल लाश जाँच मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

पुलमा एक जोर जुत्ता, एउटा मोजा र मृतकको शवनजिक अर्को एउटा मोजा फेला परेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर