राष्ट्रपति पौडेलद्वारा सुवास नेम्वाङकाे निधनप्रति दुःख व्यक्त
२६ भदौ २०८० ११:११
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनकाे पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया