माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन्।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए।

‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए। जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं। किनभने धेरै फुरफुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौं,’ उनले भने, ‘राष्ट्रवादी शक्तिले देखाउँछ। राष्ट्रियताको सवालमा हामी एकजुट छौं।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भ्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ।

‘बालुवाटारको जमिन प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरू हुन्छ। यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो। जब नेताहरूको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरूद्धमा हो।’

उनले आफूहरूको आस्थामाथि पटक-पटक खेलबाड भएको भन्दै आक्रोश पोखे। ‘हाम्रो आस्थाको कुरालाई आँच आउने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगर्न भनेको छ त्यो चाहिँ अतिवादी हो। हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन्। उनीहरूलाई ठीक कसरी गर्ने त्यो हामीलाई थाहा छ,’ उनले भने।

संविधानमा गाई मार्‍याे भने तीन वर्षको सजाय हुने व्यवस्था भए पनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *