भ्यानमा मरेका सात गाईसहित दुई जना पक्राउ

पाल्पाबाट अवैध रूपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबासतर्फ लैजाँदै गरेका सात गाई मरेका छन्।

तस्करले अवैध रूपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबासतर्फ लैजाँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।

बा प्र ०१-०३-००१ च १३८६ नम्बरकाे पिकअप जीपमा नौ गाई लैजाँदै दै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्कीबासले नियन्त्रणमा लिएको उनले बताए।

‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ,’ उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन्।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा-७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन्। प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए। गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर