जी-२० शिखर सम्मेलन

मोदी र बाइडेनबीच दिल्लीमा भेटवार्ता, सम्बन्ध मजबुत बनाउनेमा जोड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।

जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी-२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रवार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

भेटको बारेमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता गरेको र यो वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रवार साँझ दिल्ली अवतरण गरेका हुन्।

उनलाई विमानस्थलमा केन्द्रीय मन्त्री भीके सिंहले स्वागत गरेका थिए। बाइडेन विमानस्थलबाट सिधै होटल पुगेका थिए।

लगत्तै उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्तामा सहभागी भएका हुन्।

प्रधानमन्त्री मोदीले तीन दिनमा १५ विश्व नेतासँग द्विपक्षीय वार्ता गर्दै छन्।

विश्व अर्थतन्त्रका २० ठूला राष्ट्रको अन्तरसकारी संगठन जी-२० को शिखर सम्मेलन शनिवार र आइतवार नयाँदिल्लीमा हुँदै छ।

सम्मेलनमा सहभागी हुन जी-२० सदस्य राष्ट्रका प्रमुखहरू भारत पुगेका छन्।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर