मन्त्रिपरिषद बैठक बस्दै
२१ भदौ २०८० १२:०८
मन्त्रिपरिषद बैठक आज बस्दै छ। बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ।
यसअघि एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए।
विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जानेछ।
प्रतिक्रिया