हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउँछौं : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको नेपाल पुलिस क्लब, भृकुटीमण्डपबाट उद्घाटन गर्दै उनले हरित दिगो विकासको नीति औपचारीक रूपमै आजदेखि व्यवहारमा कार्यान्वयन भएको बताए।
मन्त्री बस्नेतले दिगो विकासको यात्रामा यो अभियान महत्त्वपूर्ण कोसेढुंगा भएको दाबी गरे।
त्यस्तै मन्त्री बस्नेतले विद्युतीय सवारी साधन विस्तारका लागि सरकारले दिनुपर्ने सहुलियत उपलब्ध गराउन र प्रवर्द्धनको अनुकूल वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारे।
मन्त्री बस्नेतले निकट भविष्यमा योभन्दा ठूलो संख्यामा चार्जिङ स्टेसनको निर्माण गर्ने गरी कार्य गरिरहेको जानकारी दिए।
प्रतिक्रिया