राज्यको एकल प्रयासले मात्रै केही हुँदैन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरूद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचबिखनजस्ता अपराधहरू नियन्त्रणका लागि राज्यका सबै संयन्त्र सशक्त भएर लाग्नुपर्ने बताएका हुन्।

त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाइ छ।

‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखनजस्ता अपराध नियन्त्रण हुन नसक्ने हुँदा विभिन्न समाजिक संघसंस्था, गैरसरकारी संस्था, निजी क्षेत्रको अहम् भूमिका रहन्छ,’ उनले भने।

उनले सामाजिक सञ्जालको दुरूपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रूपमा यस्ता अपराधहरू समाधान हुन नसकेको बताए।

नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्रिय रहेको र यसको नियन्त्रणका लागि सम्बन्धित स्टेक होल्डरसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *