चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौं : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन्।

बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै संशोधनको तयारी भइरहेको बताए।

उनले भने, ‘देशैभरि कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति संशोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रूपमा आउनको लागि नीति संशोधन गर्दै छ। प्राइभेट सेक्टर यहाँ आउनुपर्छ। निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।’

घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए।

उनले भने, ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौं। निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरू कुराहरूमा विद्युत प्राधिकरणले सामग्री उपलब्ध गराउँछ। त्यो ठूलो कस्ट हो।’

घिसिङले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको जानकारी गराए।

आज उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन गरी सञ्चालनमा आइसकेका छन्। आज सरकार र साझेदारले औपचारिक रूपमा संयुक्त उद्घाटन गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर