नितेशकुमार अग्रवालकाे नेतृत्वमा राउण्ड टेबल नेपालको नयाँ कार्यसमिति

राउण्ड टेबल नेपालको २३ औं वार्षिक साधारणसभा काठमाडौस्थित हायात होटलमा भदौ ९ गते सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरूष युवाहरूको संस्था हो, जसको मुख्य उद्देश्य एडप्ट, एडप, इम्प्रुभ हो । । यस संघले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरूको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरूलाई स्थानीय विविधतालाई आत्मसात गर्दै एडप गर्दछ र त्यसलाई निरन्तर रूपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई कार्यहरू गरिरहेको छ ।

नवनिर्वाचित कार्य समितिले खासगरी आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरू गरेका कार्यक्रमहरूजस्तै विद्यालयहरूको स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरूलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम तथा १ देश १ लाख बिरूवाको नारालाई समेत निरन्तरता दिने भएको छ ।

यसका साथै आफ्ना सदस्यहरूलाई विभिन्न तालिम तथा गोष्ठीहरूको आयोजना गरी सदस्यहरूको सीप विकासका साथै सदस्यहरूबीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको जानकारी गराइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *