नेपालको भूमि आफ्नो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

राष्ट्रिय एकता अभियानले चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै आपत्ति जनाएकाे छ।

उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिन्धुपल्चोक जिल्लाका कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाइएपछि अहिले चीनकाे विरोध भइरहेकाे छ।

अभियानका अध्यक्ष विनय यादवले हुम्लाको भागदारे नदी क्षेत्रमा ६ हेक्टर र कर्णाली नदीको चार हेक्टर जमिन चीनले आफ्नो नक्सामा देखाएको बताए।

उनका अनुसार रसुवाको सान्जेन नदी, भुरजंग नदी र जम्बुखोलाको ६ हेक्टर जमिन तिब्बतको केरूङ क्षेत्रमा पारिएको छ भने सिन्धुपाल्चोकको खराने खोला र भोटेकोशी क्षेत्रको ११ हेक्टर जमिन तिब्बतको न्यालाम क्षेत्रमा पारिएको छ।

गोरखाको रूई र तेघागाउँ तिब्बततिर पारिएको भन्दै उनले चीनको नयाँ नक्साको विरोध गरेका छन्।

संखुवासभाको पनि ९ हेक्टर भूमि चीनको भूभागमा परेको भन्दै कामुखोला, अरूण खोला र सुम्जंग खोला पनि अहिले चीनको तिङगिस्यन काउन्टीमा परेको उनले वताए।

यसरी चीनले देखादेखी नेपालको भूमिलाई आफनो भूमि भन्दै नक्सा जारी गर्दा पनि सरकार र राजनीतिक दलका नेताहरू चुपचाप बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *