सरकार इतिहासले सम्झिने गरी काम गरिरहेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरूआत गरेको बताएका छन्।

आज तीनमहिने जनतासँग माओवादी विषेश रूपान्तरण अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौं काम गरेको बताए।

उनले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कैयौं साहसिक र जनपक्षीय कामहरू अगाडि बढाइरहेको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ।’

सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविश्वास बढ्दै गएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *