हामी लाग्यौं भने २४ घण्टामै सरकार ढल्छ : सुनिल शर्मा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफूहरू लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भन्दै त्यसविरूद्ध आवाज उठाउन ढिला भएको बताए।

उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए।

उनले भने, ‘सिंहदरबार घेर्नुपर्छ भने त्यो घेरौं। गान्धीको चर्खा आन्दोलन जस्तै दशौं लाख मानिसहरू सडकमा निस्कौं र हामी सुतौं र भनौं एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन? कानून त्यहाँ परिर्वतन गर्नुपर्छ हामीले, एउटा मान्छे छपल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन? कानून हामीले त्यहाँ परिर्वतन गर्नुपर्छ। अमेरिकी स्टाइलमा लैजाऔं न हामी एक व्यक्ति एक पद दुईपल्ट यति मात्रै चेन्ज ग¥यौं भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ।’

उनले उद्योग वाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरुले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे।

उनले भने ‘एफएनसीसीआईका साथीहरू तपाईंहरूले आफ्नो दम बुझ्नु भएको छैन। यो सरकार २४ घण्टा टिक्दैन यदि हामी लाग्यौं भने।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर