आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरू नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरूद्धको बृहत् अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नुपर्‍याे भने अर्थात टेबुल गर्नुपर्‍याे भने आत्महत्या गर्छु भन्ने स्वयंले एमसीसीको पक्षमा हस्ताक्षर गरेको आरोप लगाए।

उनले भने,‘ अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख र उहाँले के भन्नुभएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नुपर्‍याे भने अर्थात् टेबुल गर्नुपर्‍याे भने म आत्महत्या गर्छु। बरू टेबुल गर्दिनँ भन्नुभएको थियो, सार्वजनिक रूपमा नै तर त्यही अग्नि सापकोटा हो उहाँले नै त्यो काम गर्नुभयो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *