बूढानीलकण्ठबाट पिस्तोल र गोलीसहित एक जना पक्राउ

काठमाडौंकाे बूढानीकलण्ठबाट  पिस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।

आइतवार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनमार्फत काठमाडौं महानगरपालिका-७ घर भएका २८ वर्षीय सुलभ भन्ने सूरज श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिएको हो।

उनलाई शुक्रवार दिउँसो विशेष सूचनाका आधारमा बूढानीलकण्ठ नगरपालिका-४, पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट मेड इन यूएसए लेखिएको १ थान पिस्तोल, नाइन एमएनको गोली ४ राउण्ड बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *