‘सामान्य र सृजनात्मक कामले मेयर बालेन लोकप्रिय, उनलाई नेपाली कांग्रेसमा ल्याउनुपर्छ’

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाका स्वतन्त्र नगरप्रमुख मेयर बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन साह चर्चामा रहेको बताए । क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो ।

‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेन जी जस्तो क्रियटिभ साथीलाई पनि पार्टी विहीन बस्न नदिने, अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण पनि यहि नेपाली कांग्रेसले गर्नुपर्छ । यसको लागि पनि क्षेत्र नं. तीनबाट तपाइँहरुले सुरु गर्नुहोस्,’ उनले भने ।

तर, उनले आफ्नो पार्टीले काठमाडौं र देश विकासको लागि नेतृत्व गर्दै अरबौंको भौतिक संसचना निर्माण गरेपनि त्यसको प्रचार नगरेको दाबी गरे ।

उनले भने,‘जसको कुनै पार्टी छैन् र पनि सगरमाथा भन्दा अग्लो चर्चाको शिखरमा हुनुहुन्छ बालेन साह । हामीले के कुरा विर्सिराख्यौ भन्दाखेरी नेपाली कांग्रेसले करोडौं खरबौ खर्च गरेर काठमाडौं र यो मूलुकलाई व्यवस्थित गर्नको निम्ति पुल पुलेसाहरु,भौतिक संरचनाहरु बनाईदिएको छौं । हामीले करोडौ,अरबौको पुलको कुरा कहिल्यै पनि गरेनौ ।’

सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियान अन्र्तगत बालेन साहको नेतृत्वमा विजुलीवजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनुपर्ने बताए ।

‘पुलमाथि राखिएको गमलाको कुरा गरिराख्यौ । गमलामा रोपेको फूलको कुरा गरिराख्यौ । गमला र फूलसँगको त्यो चर्चामा मात्रै हामीहरु रमायौ ।यो नराम्रो थिएन । आजको पुस्ता शेल्फी खिच्ने र टिकटकको पुस्ता रहेछ । त्यो टिकटक पुलसँग नबन्दो रहेछ । त्यो सेल्फी पुलसँग नखिचिदो रहेछ । शेल्फी खिच्नको लागि गमला र फूल नै चाँहिदो रहेछ । अनि पुलको हैन गमला र फुलको मात्रै चर्चा भयो । त्यसकारण हामी पुल बनाउने पार्टीले १००० रुपैयाँको गमला किन राख्न सक्दैन? गमला राखिसके पछाडि ५०० को फूल किन राख्न सकेन्,’ उनले प्रष्टाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *