
गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको प्रस्ताव पेस हुने

बुधबार सत्तारूठ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा गठबन्धन दलहरूबीच सिट बाँडफाँटको प्रस्ताव पेस हुँदैछ । यसअघि बसेको कार्यदल बैठकले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने जिम्मेवारी संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।
गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरुबीच गठबन्धन गर्ने सहमति भएसँगै सिट बाँडफाँटका लागि कार्यदल गठन गरेर काम भइरहेको छ ।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया