हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

उक्त रकम अस्पतालको मुख्य प्रवेशद्वार निर्माण तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान र त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गरिने अस्पतालले जनाएको छ । कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति भएको छ ।

उक्त सहमति पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा अस्पतालका निर्देशक डा. युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरिएको आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *