कूटनीति

राष्ट्रपति पौडेल र जापानको संसदीय टोलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरूबीच भेटवार्ता भएको छ।

बिहीबार शीतल निवासमा भएको भेटमा नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यहरूसमेत रहेका माथिल्लो सदनका सांसदद्वय कोबायाशी काजुहिरो र नागानी मान्बुको उपस्थिति थियो।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए।

उनले नेपालको प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभारसमेत व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *