चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चन्द्रमामा सफलतापूर्वक यान अवतरण गराएको भारतलाई बधाई दिएका छन्।

बुधबार साँझ ट्विटरमार्फत प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई बधाई दिएका हुन्।

‘आज चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण र विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतको इसरो टोलीलाई बधाई दिन्छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्।

चन्द्रयान-३ नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो। यससँगै भारत चन्द्रमाको सतहमा यान पुर्‍याउने विश्वको चौथो मुलुक बनेको छ।

साथै चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरणमा सफलता प्राप्त गर्ने भारत पहिलो मुलुकसमेत बनेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *