धादिङ दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग सांसद पौडेलको माग

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले धादिङ बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले वर्षैपिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गरेको भन्दै दुर्घटनाहरू रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपाय खोज्नसमेत आग्रह गरे।

उनले भने, ‘वर्षैपिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गर्छ। गृहमन्त्री हुुनुहुन्छ, यस प्रकारका दर्घटनाहरू रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ दुर्घटना रोक्ने उपायको खोजी गर्न आग्रह गर्न चाहन्छु। विभिन्न अस्पतालमा उपचारत घाइतेको उपचारको व्यवस्था र उद्धारको लागि पहल गर्न आग्रह गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *