भारतको मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ मजदुरको मृत्यु

भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको मृत्यु भएको छ।

मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कम्तीमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन्।

रेलवे अधिकारीहरूका अनुसार बुधबार बिहान करिब ११ बजे यो दुर्घटना भएको हो। घटना छानबिनका लागि रेलवेले उच्चस्तरीय समिति गठन गरेको छ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किएको समयमा त्यहाँ ३५ देखि ४० जनाजति मजदुर कार्यरत थिए। पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खाेज तथा उद्धारमा एनडीआरएफको टोली खटिएको छ।

सरकारले मृतकका परिवारलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *