सुन तस्करी प्रकरण छानबिनका लागि आयोग गठन गर्ने र संसद खोल्ने दलहरूबीच सहमति

राष्ट्रिय मान्याता प्राप्त दलहरूबीच संसदको अवरोध हटाउने र सुन तस्करी प्रकरण छानबिनका लागि आयोग गठन गर्ने सहमति भएको छ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरण छानबनिका लागि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको हो। यससँगै संसदको अवरोध पनि हट्ने भएकाे हाे।

सहमतिपत्रमा राष्ट्रिय मान्यता प्राप्त ७ दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार असोज ५ मा गठन हुने आयोगले सोही दिनदेखि काम थाल्ने छ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरोध गर्दै आइरहेको थियो। आफ्नो माग सम्बोधन हुने भएसँगै एमाले संसदमा अवरोध नगर्न तयार भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *