त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, ८ घाइतेकाे उद्धार, ७ बेपत्ता

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२, चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ।

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको २३ जना सवार बस बिहान सवा ११ बजे अनियन्त्रित भई सडकबाट नदीमा खसेको हो।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

यस्तै घाइते ८ जनाको उद्धार भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अन्य ७ जना बेपत्ता छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेली खाेज तथा उद्धार कार्यमा खटिएकाे छ।

गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले घाइतेमध्ये ५ जनालाई काठमाडौं पठाइएको बताइन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *