अन्तरिक्ष

भारतकाे चन्द्रयान-३ आज चन्द्रमाको सतहमा अवतरण गर्दै

भारतले चन्द्रमामा पठाएको चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गर्दै छ।

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समयअनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमााको सतहमा अवतरण गराइने भारतीय अन्तरिक्ष संस्था इसरोलाई उद्धत गर्दै भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

बीबीसीले यदि चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्ने उल्लेख गरेको छ।

यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजी हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ।

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ। चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो।

चन्द्रयान-३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ। अवतरणका लागि यानको गति प्रतिसेकेन्ड एकदेखि दुई मिटरमा सीमित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *