सकिना मर्हजन बनिन् ‘मिस नेवाः नेपाल’
५ भदौ २०८० २१:२२
नेप्लिज फेसन होमको आयोजनामा भएको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छिन् ।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् ।
१७ युवतीले अन्तिम प्रतिस्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपाल अन्तर्गत, फष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा मर्हजनले जितेका छन् ।
मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्।
प्रतिक्रिया