राजनीति

संसद सुचारू गर्न सहमति नजिक छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद सुचारू गर्न आफूसहित संसदमा रहेका प्रमुख दलहरू निरन्तर सक्रिय रहेको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका छन्।

संसद सुचारू गर्न दलहरू करिब-करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गरे।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद सुचारू होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन। हामी निरन्तर छलफलमा छौं। संसद सुचारू गर्ने सहमतिको करिब–करिब नजिक पुगेका छौं। राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु।’

विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी भएन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *