राजनीति

संसदको अवरोध खोल्न भएको छलफल सकारात्मक : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकfरात्मक भएको बताएका छन्।

आइतबार आफैंले बोलाएको प्रतिनिनिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले छलफल सकारात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझादारी बन्ने उनको भनाइ छ।

उनले भने, ‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरूको बीचमा राम्रो भएको छ। प्रमुख प्रतिपक्ष दलको नेता अस्वस्थ भएकोले आउनुभएन। भोलि फेरि बसेर समझदारी बनाउने भन्ने भएको छ। छलफल सकारात्मक छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *