संसद बैठकअघि प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाएका छन्। दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा संसदको अवरोध खुलाउने विषयमा छलफल हुनेछ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि सर्वदलीय बैठक बस्न लागेको हो।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।

उसको अवरोधले साउन १० यताका सबै बैठक चल्न सकेनन्।

अवरूद्ध संसद खुलाउन प्रधानमन्त्री, सभामुख र प्रमुख दलका शीर्ष नेताहरूले पटक-पटक प्रयास गरे पनि सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर