बालिकालाई ललाइफकाई भारत लैजाँदै गरेका दुईजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथालाई पक्राउ गरेको हो ।

उनीहरूले १३ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाइफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *