बाँकेमा बसको ठक्करबाट पाँचवटा राँगा मरे

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् ।

राप्ती सोनारी गाउँपालिका-८, नयाँगाउँ पुलनजिक गएराति करिब ८:३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए ।

उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् बस र बसचालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडि पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घाईते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन् । मरेका राँगाको क्षतिपूर्तिको लागि इलाका प्रहरी कार्यालयमा बसधनी र किसानबीच छलफल भइरहेको स्थानीयवासी कवीन्द्र परियारले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *