नक्कली भुटानी शरणार्थी प्रकरण

टेकनारायणसहित १० जनाको पुनरवलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्न आदेश

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरवलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइपछि बाँकी प्रतिवादीहरूले पनि काठमाडौं जिल्ला अदालतको फैसला पुनरवलोकन गर्न निवेदन गरेको देखिएकाले एकैपटक पेस गर्न आदेश दिएको हो ।

बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशै जनाको अर्को पेसी एकैपटक पेस गर्न आदेश दिएको हो ।

उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरवलोकनको लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर