स्पेन पहिलो पटक महिला विश्वकपको फाइनलमा, आज अष्ट्रेलिया र इङ्ल्याण्डबीच खेल हुँदै

स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २-१ गोल अन्तरले हराउँदै विश्वकपको फाइनलमा स्थान बनाएका हो ।

योसँगै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट अन्तिम नौ मिनेटमा तीन गोल बनाउन सम्भव भएको थियो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो ।

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औं मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाइ अग्रता दिलाइन् । तर, खेलको ८८ औं मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याउँदा ९० औं मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल प्रवेशको यात्रा पक्का गर्‍याे ।

यसैबीच सेमिफाइनलको अर्को खेलमा आज आयोजक अष्ट्रेलिया र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *