मुस्ताङमा नेपाली सेनाको ‘सर्च एण्ड रेस्क्यु’

नेपाली सेनाले मुस्ताङको कागवेनी क्षेत्रमा विशेष टोली परिचालन गरेको छ । आइतबार राती अविरल वर्षाका कारण कागबेनी क्षेत्रमा बाढी बस्तीमा पसेर ठुलो धनमालको क्षती गरेको छ । यस्तै बाढीले जनजीवन प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

सेनाले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बजारमा काग खोलाबाट आएको बाढीको कारण बजार इलाका जलमग्न भई २५ भन्दा बढी घरहरुमा क्षति पुर्‍याउनुका साथै कागवेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल समेत बगाएको कारण आवतजावतमा कठिनाइ भएको हुँदा सो इलाकामा नेपाली सेनाको उद्धार टोली परिचालित भई अन्य सुरक्षा निकाय तथा स्थानीयहरुको सहयोगमा स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै रौतहटको राजदेवी नगरपालिका–९, ब्रम्हपुरी इलाकामा बागमती नदीको तटबन्ध चुहावट हुन गई क्षति पुग्न सक्ने भएकोले नेपाली सेनाको टोलीले ग्याविन जाली तथा स्याण्ड ब्याग भरेर बाँध चुहावटलाई रोकथाम गर्ने कार्य गरेको निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण हराइरहेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर