पर्सा प्रहरीको फन्दामा ‘भारतीय एम्पुल वाय’

उनीहरु तीनजना शुक्रबार करिब आठबजे भारतबाट नेपाल आउँदै थिए । तीनजना भारतीय युवा । एउटाको उमेर ४० र बाँकी दुईजना २०–२० वर्ष ।

उनीहरु वीरगञ्जको रजतजयन्ती चोकबाट अघि बढिरहेका थिए । प्रहरी चौकी ईनर्वा पर्साबाट सोही स्थानमा नियमित चेकजाँचका लागि टोली खटिएको थियो । चेकजाँचमा खटिएको प्रहरीलाई उनीहरुको गतिविधि स्वभाविक लागेन ।

प्रहरीले उनीहरुलाई कार्यालयमा लगेर जाँचगर्दा उनीहरु तीनै जना औषधीजन्य लागूऔषधका तस्कर र प्रयोगकर्ता भएको खुल्यो । तीनैजनाले आफ्नो शरिरमा खुट्टा र छातीमा वरिपरि सेतो टेपले लागूऔषध बेरेका थिए । दुर्प्यसनीहरुको भाषामा ‘ग्लुकोज’ भनिने यस्ता एम्पुल तीन प्रकारका थिए । तीनैजनाले एक–एक प्रकारका एम्पुल शरिरमा बेरेका थिए ।

प्रहरीले उनीहरुका साथबाट प्रतिबन्धित लागूऔषध डाईजेपाम ४७९, फेनारगन ४७९ र नुरफिन ४८० एम्पुल बरामद गरेर तीनैजनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका अनुसार पक्राउपर्नेहरुमा भारतको विहार राज्य मोतिहारी जिल्ला ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम, अजितकुमार मलाह र इमतिहान आलम रहेका छन् ।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

One thought on “पर्सा प्रहरीको फन्दामा ‘भारतीय एम्पुल वाय’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर