नयाँ एटिआरसँगै बुद्ध एयरसँग १६ विमान

नेपालको अग्रणी निजी विमान कम्पनी बुद्ध एयरले १६ औं एटिआर विमान नेपाल भित्र्याएको छ ।

बुद्धले ९ एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल ल्याएको हो ।

‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्टलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं,’ बुद्ध एयरले भनेको छ ।

योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ ।
त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका संचार अधिकृत दिनेश कर्णले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *