सांसद सुनिल शर्मा पक्राउको सीआईबीले गरायाे सभामुखलाई जानकारी

प्रहरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको बारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

सीआईबीकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारीसहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्।

सीआईबीको टोलीले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सांसद शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारस्थित उनको निवासबाटै पक्राउ गरेको थियो।

मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित शर्मा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर