शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा पक्राउ परे कांग्रेस सांसद शर्मा

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौंको गोल्फुटारस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

मोरङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो।

उनीमाथि कक्षा १२ शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप लगाइएको छ। स्रोतका अनुसार उनले कक्षा १२ उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा आफैंले थपेको आरोप छ।

शर्मा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *