कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन।

शर्मा विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

उनले केही दिनयता संसदमा र संसदबाहिर सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने भन्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर