सभापति देउवाले बोलाए संसदीय दलको समितिको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।  शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हाे।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदमा जारी गतिरोधलगायत विषयमा छलफल गर्न बैठक बाेलाइएकाे हाे।

संसदीय दलको समितिको बैठकअघि बिहीबार अनौपचारिक छलफलका लागि देउवा निवास धुम्बाराहीमा पनि बैठक राखिएको छ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ छन्।

देउवाले समितिको बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङलाई पनि बोलाउने गरेका छन्।

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद अवरूद्ध गर्दै आएको छ।

उसको अवरोधका कारण संसद कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *