कांग्रेस क्रियाशील सदस्यता वितरण अब अधिवेशनको ६ महिना अगाडि नै बन्द हुन्छ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले क्रियाशील सदस्यता राजनीतिक र आर्थिक प्रभावमा नभई योगदानको आधारमा बाँडेको दाबी गरेका छन्। उनले अबउप्रान्त सदस्यता वितरण अधिवेशनको ६ महिना अगाडि नै अन्त्य गर्ने पनि बताए।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले विवादित बन्दै आएको क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित पार्न सबैमा सहमति भएको बताए।

त्यस्तै उनले कांग्रेसमा देखिएको विचारको अस्तव्यस्तता र बढेको भावनात्मक दूरी घटाउन आवश्यक रहेको भन्दै पुरानो प्रवृत्तिसँग रमाएर बस्न नहुने बताएका छन्।

कांग्रेसको नेतृत्वमाथि देखिएको असन्तुष्टिलाई लक्षित गर्दै सहमहामन्त्री आङ्देम्बेले भने, ‘तपाईंहरू जति चिन्तित हुनुहुन्छ यो कुराबाट, केन्द्रीय कार्यसमिति र हाम्रा नेताहरू पनि साह्रै चिन्तित रहेको निवेदन गर्छु। अब नेपाली कांग्रेससँग फेरि त्यही पुरानो प्रवृत्तिभित्र रमाएर बस्ने छुट छैन।’

उनले निर्वाचनबाट तीनै तहमा ठूलो दल भएर आउँदा पनि त्यसको गौरव बाँड्न नसकेको अवस्था आएको भन्दै पार्टीभित्र देखिएको विचारको अस्तव्यस्तताले अहिले पनि कांग्रेस व्यवस्थित हुन नसकेको धारणा राखे।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर