यी चार प्रदेशका नागरिकलाई प्राकृतिक विपत्तीबाट सावधान रहन महाशाखाको चेतावनी

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ नेपाल नजिक रहेको छ । हाल देशभर आंशिकदेखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, गण्डकी र सूदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राती देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले यी प्रदेशमा बग्ने नदी खोलाको बहाव बढने तथा बाढी पहिरोकाे सम्भावना रहेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर