उपसभामुख रानाकाे प्रश्न- ‘उप चुप’ मात्रै भन्छन्, के म मतवालीकी छोरी भएर हो?

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छन्।

बुधबार काठमाडौंमा २९ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन्।

उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ भन्दै प्रश्न पनि गरिन्।

‘आज प्रतिनिधिसभामा हेर्नुहोस् लाइभ, कति जना महिलाहरूले बोल्नुहुन्छ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई। त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर?,’ उनले भनिन्, ‘नियमावलीमा कहाँ लेखेको छ उप चुप भनेर? परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले? कि म पनि मगर, मतवालीको छोरी भएर हो कि? यो मेरो प्रश्न छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर