एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ।

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो।

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक साउन २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले समसामियक विषयमा भने बोलेका थिए।

समसामयिक विषयमा सासदहरूले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरूले उठेर विरोध गरेका हुन्।

यसअघि बुधबार नै बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो। अवरोधका कारण प्रतिनिधिसभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन।

एमालेले साउन १० गतेयता संघीय संसदको दुवै सदनका बैठक अवरूद्ध गर्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर