महोत्तरीमा खोलाले बगाएर एक जना बेपत्ता

महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम-१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर