विरोधको शैली परिर्वतन हुनुपर्छ : विनाेद चौधरी

नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीले, विरोधको शैली परिर्वतन हुन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै उनले, विरोधका लागि माइतीघर रहेको तर सदनलाई सँधै विरोधको थलो बनाउन नहुने तर्क गरे ।

उनले भने ‘जनताको नजरमा सदनको राजनीतिक व्यवस्था कस्तो भनेर जुन बाहिर देखिएको छ त्यसले दुरगामी प्रभाव ल्याउँछ भन्ने कुरामा दुई मत छैन् । धेरै विधेयक बाँकी छ, समितिले काम गर्न सक्ने अवस्था छैन्, यस्तो प्रकारको विरोध गर्नको लागि माईतीघर छ नि, यो हाउसलाई रोकेर काम नै रोकेर, नकारात्मक प्रभाव जाने गरी यस्तो गर्नु हुदैँन् । तर विरोध गर्ने पनि छुट्टै तरिका पनि हुन्छ । ’

त्यस्तै सदन खोल्न सकरात्मक प्रयास भइहरेको भन्दै उनले नेपाललाई सुन कारोबारको बाटोको रुपमा प्रयोग गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।
उनले भने ‘अवरोध खोल्न लागि नै सबै प्रयासरत हुनुहुन्छ । त्यसलाई गलत रुपमा हेर्नु भएन, सुन प्रकरणको पछाडि को को थिए भन्ने कुरा अनुसन्धानको कुरा हो । नेपाल सुन विक्रि र खरिदको बाटोको रुपमा प्रयोग भएको जस्तो देखिन्छ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर