एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक स्थगित भएकाे हाे।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २४ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।

बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए।

एमालेकाे अवराेधकै कारण प्रतिनिधिसभा बैठक पनि चल्न सकेकाे छैन।

संसदमा जारी गतिराेध हटाउनेबारे अहिले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर