सुन तस्करीको विषयलाई लिएर एमालेको अवरोधपछि स्थगित भयो राष्ट्रियसभा बैठक

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट साउन ३ गते बरामद तस्करीको एक क्विन्टल सुनको विषयलाई लिएर एमालेले बैठक अवरूद्ध गरेको हो।

उसको अवरोधपछि राष्ट्रियसाभाको बैठक साउन २२ गतेसम्मलाई स्थगित भएको छ। अब अर्को बैठक २२ गते दिउँसो १ बजे बस्नेछ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद अवरोध गरेको हो। उसको अवरोधका कारण प्रतिनिधिसभा बैठक पनि साउन २२ सम्मलाई नै स्थगित भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर