सांस्कृतिक कार्यक्रमबाट उठेको रकम अनाथ तथा असहाय बालबालिकाको हितमा

नेपाली जनसम्पर्क समिति बहराइनले सांस्कृतिक कार्यक्रम सञ्चालनमार्फत संकलन भएको रकम नेपालका अनाथ तथा असहाय बालबालिकाको हितका लागि सहयोग गरेको छ।

समितिले गत १६ सेप्टेम्बर, २०२२ को साँझ सम्पन्न गरेको नेपालमा रहेका अनाथ तथा असाहय बालबालिकाहरूको सहयोगार्थ सांगीतिक साँझ कार्यक्रममार्फत २ लाख ५० हजार रूपैयाँ रकम संकलन गरेको थियो।

उक्त रकम आइतबार गरिब-दुःखी असहायहरूको सेवामा समर्पित ‘संयुक्त अपांग आवाज केन्द्र’ गोकर्ण, काठमाडौंलाई हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेपाली जनसम्पर्क समिति बहराइनका पूर्वकार्यवाहक सभापति एवं महासमिति सदस्य शेरबहादुर रावतले सहयोग रकम संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

समितिले कारणवश सहयोग रकम हस्तान्तरणमा ढिलाइ भएकोप्रति क्षमायाचना गर्दै सहयोगीदाता सबैलाई धन्यवाद प्रकट गरेको छ।

समितिका प्रवक्ता जीवलाल गौतमका अनुसार सहयोग संकलनमा ३ महिनाभन्दा बढी समय लागेको थियो।

साथै समिति एउटा विशुद्ध राजनीतिक संगठन रहेको र नेपालमा गत वर्ष भएको स्थानीय र संघीय निर्वाचनको आचारसंहिता बाधक बन्दा केन्द्रीय नेताको उपस्थिति हुन नसकेकाले रकम हस्तान्तरण गर्न ढिलाइ भएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *