सैनिक अस्पतालमा कार्यवाहक प्रधानमन्त्री खड्का 

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको बिहीबार  निरीक्षण  भ्रमण गरेका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पतालको जीओपीडी कम्प्लेक्स, आकस्मिक कक्ष, ट्रमा हल  तथा अस्पतालका विभिन्न ओपीडीहरुका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास सामूहिक दुर्घटना उपचार केन्द्र इलाकाको अवलोकन गरेका थिए ।

उनलाई अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगत लगायतका सबै समस्याहरु समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।

त्यस अवसरमा बलाध्यक्ष रथी  सिताराम खडका, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा  अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सह सचिव लगायत अस्पतालका विभिन्न विभागका प्रमुखहरुको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *